20.5 C
Nepal
Monday, September 16, 2024

सेन्ट्रल फाइनान्सको २.८३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडले २ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले एक सूचना जारी गर्दै संस्थापक सेयरधनी बनेुका जोशीको स्वामित्वमा रहेको २ लाख ८३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।


यो सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र कुपण्डोलमा रहेको कम्पनीको केन्द्रीय कार्यालय वा सेयर रजिष्ट्रार एनएमबी क्यापिटलमा आवेदन दिनुपर्नेछ ।

निर्धारित समयभित्र सेयर खरिदका लागि आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा कम्पनीलाई उक्त सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here