18.2 C
Nepal
Saturday, April 26, 2025

सानिमा बैंकको करिब ५० हजार कित्ता संस्थापक सेयर लीलाम बिक्रीमा, सर्वसाधारणका लागि खुल्ला

सानिमा बैंक लिमिटेडले ४९ हजार ५० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आम सर्वसाधारण, कम्पनी तथा संघ संस्थाहरुका लागि उक्त सेयर बिक्रिमा राखिएको हो ।

यसअघि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुका लागि ३५ दिने बिक्री आवेदन खुलाइएकोमा कुनै पनि आवेदन नपरेकाले आम सर्वसाधारणका लागि बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।

सेयर खरिदका लागि न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ ।

इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र काठमाण्डौको नारायणचौर नक्सालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।

लगानीकर्ताले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयर खरिदका लागि तोकेको मापदण्ड,फिट एण्ड प्रोपर टेष्ट तथा प्रचलित कानूनी व्यवस्थाअनुसार प्रमाणित हुन आवश्यक कागजातसहित आफूले खरिद गर्न चाहेको सेयर संख्या तथा मूल्य खुलाई आवेदन पेश गर्नुपर्नेछ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here