20.5 C
Nepal
Monday, September 16, 2024

रिलायन्स स्पिनिङ मिल्सको आईपीओले पायो अनुमती, प्रतिकित्ता मूल्य ८२०

रिलायन्स स्पिनिङ मिल्सले आईपीओ निष्कासन गर्ने अनुमती पाएको छ। बुक बिल्डिङ प्रक्रियामा रहेको कम्पनीलाई बोर्डले ६० प्रतिशतले हुन आउने ११ लाख ५५ हजार ९६० कित्ता आईपीओ निष्कासनका लागि स्वीकृती दिएको हो ।

कम्पनीले प्रतिकित्ता ८२०.८० रुपैयाँका दरले ९४ करोड ८८ लाख रुपैयाँ ११ हजार ९६८ रुपैयाँबराबरको आईपीओ निष्कासका लागि बोर्डबाट अनुमति पाएको हो ।

कम्पनीले संस्थागत लगानीकर्तालाई सेयर बाडँफाँड गर्दा मूल्य ६०८ देखि ९१२ रुपैयाँसम्म प्रस्ताव गरिएको थियो । संस्थागत लगानीकर्ताले पेश गरेको बोलपत्रको आधारमा कम्पनीको कटअफ मूल्य प्रतिकित्ता ९१२ रुपैयाँ तोकिएको थियो । संस्थागत लगानिकर्तालाई सेयर बाडफाड भईसकेको छ ।

कटअफ मूल्यमा अब १० प्रतिशत घटाएर ८२०.८० रुपैयाँ प्रतिकित्तामा सर्वसाधारणलाई आईपीओ निष्कासन गरिनेछ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here