19.9 C
Nepal
Sunday, September 28, 2025

निफ्राको दश लाख कित्ता आजबाट खरिद गर्न सकिने, न्यूनतम मूल्य १०१ रुपैयाँ

spot_imgspot_imgspot_img

एनआईसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको निफ्राको १० लाख कित्ता संस्थापक सेयर आज असार १० गतेबाट लिलामी प्रक्रियामार्फत बिक्री गर्न लागेको छ ।

आज देखि असार १७ गतेसम्म यो सेयर विद्यमान संस्थापक सेयरधनीका साथै जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।

इच्छुक लगानीकर्ताले न्यूनतम १० हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ।

बिक्रीमा राखिएको निफ्राको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०१ रुपैयाँ तोकिएको छ। अर्थात,बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्ने हुन्छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here