18.5 C
Nepal
Tuesday, September 30, 2025

एनआईसी एशिया बैंकले सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर बिक्री गर्दै , न्यूनतम मूल्य ३०८

spot_imgspot_imgspot_img

आफ्नो स्वामित्वमा रहेको सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर एनआईसी एशिया बैंक लिमिटेडले लिलामीमार्फत बिक्रीमा गर्ने भएको छ ।
बैंकले सूर्योदय वोमी लघुवित्तको ६८ हजार ८०५ कित्ता सेयर आजदेखि लिलामीमा राखेको हो ।

न्यूनतम मूल्य ३०८ रुपैयाँ रखिएको उक्त सेयर किन्न इच्छुक लगानीकर्ताले आगामी असार १७गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ।

बोलपत्र आवेदन पेश गर्दा लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या, प्रतिकित्ता दररेट अंक र अक्षरमा स्पष्टसँग लेख्नुपर्छ। लगानीकर्ताले न्यूनतम ५ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन् ।

यसको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। बोलपत्र आवेदन काठमाण्डौको बबरमहलस्थित एनआईसी एशिया क्यापिटलको कार्यालय वा थापाथलीस्थित एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालयसँगै विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेत शाखा कार्यालयमा बुझाउन सकिनेछ।

यो सेयर खरिदका लागि विद्यमान संस्थापक वा जोसुकै कम्पनी,व्यक्ति तथा संघसंस्थाहरुले बोलपत्र आवेदन दिन सक्नेछन् ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here