23.1 C
Nepal
Sunday, September 28, 2025

निफ्राको १० लाख कित्ता संस्थापक सेयर बिक्रीमा, बिक्रेता एनआईसी एशिया बैंक

spot_imgspot_imgspot_img

आफ्नो स्वामित्वमा रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा)को संस्थापक सेयर एनआईसी एशिया बैंक लिमिटेडले लिलामी मार्फत बिक्रीमा राख्ने भएको छ । बैंकले निफ्राको १० लाख कित्ता संस्थापक सेयर असार १० गतेदेखि बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राख्ने भएको हो ।

इच्छुक लगानीकर्ताले आगामी असार १७ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ।

उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०१ रुपैयाँ तोकिएको छ ।

सेयर खरिदका लागि बोलपत्र पेश गर्दा न्यूनतम १० हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ। यो सेयर खरिदका लागि विद्यमान संस्थापक वा जोसुकै कम्पनी व्यक्ति वा संघसंस्थाहरुले आवेदन दिन सक्नेछन् ।

सेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। बोलपत्र आवेदन काठमाण्डौको बबरमहलस्थित एनआईसी एशिया क्यापिटलको कार्यालय वा थापाथलीस्थित एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालयसँगै विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेत शाखा कार्यालयमा बुझाउन सकिनेछ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here