19.9 C
Nepal
Sunday, September 28, 2025

आदर मल्टी ईन्भेष्टमेण्टले आईपीओ जारी गर्ने

spot_imgspot_imgspot_img

आदर मल्टी ईन्भेष्टमेण्ट कम्पनीले सर्वसाधारणलाई साधारण सेयर (आईपीओ) निष्काशन गर्ने निर्णय गरेको छ । यसका लागि आबस्यक प्रक्रिया अघि बढाउनका लागि कम्पनीले विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिएको छ ।

आदर मल्टी ईन्भेष्टमेण्ट कम्पनीको तर्फबाट अध्यक्ष यज्ञमूर्ति न्यौपाने र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले असार २ गते आयोजित एक कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

कम्पनीको जारी पुजी रु.१ अर्ब ७८ करोड ५८ लाख को ३० प्रतिशतले हुन आउने रु.५३ करोड ५७ लाख ४० हजार सेयर पूँजी बराबरको रु.१०० अंकित दरको ५३,५७,४०० कित्ता साधारण शेयर सर्वसाधारणहरुलाई विक्री गर्ने कम्पनीले जनाएको छ ।

यस कम्पनीमा चिनिया सामानहरुको थोक व्यापार गर्ने केही व्यापारीहरुको संयुक्त लगानीमा रहेको छ।यस कम्पनीले का.म.पा. १४, पुंजी बल्खुमा भएको करीब ३६ रोपनी भन्दा बढि जग्गा खरीद गरेको छ । कम्पनिले उक्त जग्गामा व्यापरिक भवन निर्माण गरिसकेको छ । उक्त भवनमा जम्मा २,१५२ पसल रहेको छ भने सिभिल तर्फको काममा ८६ प्रतिशत कार्य सम्पन्न भइसकेको कम्पनीको जानकारी दिएको छ । आगामी वर्षहरूमा थप आर्थिक पूर्वाधार लगायत जलविद्युत आयोजनाहरूमा समेत लगानी गर्दै जाने कम्पनीको योजना छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here