20.5 C
Nepal
Monday, September 16, 2024

हुन्डाईले भारतमा अहिलेसम्मकै ठूलो आईपीओ जारी गर्ने

कोरियाली अटो निर्माता कम्पनी हुन्डाईको भारत युनिटले भारतको अहिलेसम्मकै सबैभन्दा ठूलो आईपीओ ल्याउने तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासनको अनुमितिका लागि भारतको पूँजी बजार नियामक‘सेक्युरिटिज एण्ड एक्सचेञ्ज बोर्ड अफ इण्डिया’मा आवश्यक कागजात पेश गरेको छ ।
रिपोर्टका अनुसार कम्पनीले जारी गर्ने आईपीओ भारतको पूँजी बजार इतिहासको अहिलेसम्मकै ठूलो हुनेछ । हुन्डाईको आईपीओको आकार ३ अर्ब डलरबराबर(२५ हजार करोड भारु) हुनेछ । यसअघि भारतको सबैभन्दा ठूलो आईपीओ सरकारी स्वामित्वको बीमा कम्पनी एलआईसी भारतले निष्कासन गरेको थियो । एलआईसीले २१ हजार करोड भारुबराबरको आईपीओ जारी गरेको थियो ।

विश्व अटो बजारमा दिग्गज कम्पनीको रुपमा परिचित हुन्डाईले भारतमा समेत आफ्नो दबदवा कायम राखेको छ ।

कम्पनीको आईपीओ भारतको सेयर बजारमा यो वर्षको अन्त्यसम्म सूचीकृत हुन सक्ने मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । कम्पनीले भारतमा आईपीओ निष्कासन गर्ने खबर बाहिरिएसँगै कोरियाली स्टक एक्सचेञ्जमा कम्पनीको सेयरमूल्यमा उछाल आएको छ । १७ जुनमा कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३.९२ प्रतिशतले बढेर २ लाख ७८ हजार ५ सय कोरियन वन पुगेको छ । यो दिन कम्पनीको सेयरमूल्यमा ५ प्रतिशतसम्मको उछाल आएको थियो । इन्ट्रा डे कारोबारमा कम्पनीको सेयरमूल्य प्रतिकित्ता २ लाख ८५ हजार वनसम्म पुगेको थियो । जुन मूल्य हालसम्मकै उच्च हो । -एजेन्सी

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here