21.3 C
Nepal
Wednesday, September 18, 2024

राष्ट्र बैंकले बजारबाट ३० अर्ब रुपैयाँ तान्दै, बजारमा पैसा फालाफाल

बैंकिङ प्रणालीमा अधिक तरलता देखिएपछी व्यवस्थापनको योजनामा राष्ट्र बैंक ब्यस्त छ । हिजो मात्रै बजारबाट ३५ अर्ब रुपैयाँ झिकेको केन्द्रीय बैकले आज फेरी बजारबाट ३० अर्ब रुपैयाँ झिक्न लागेको छ ।

बैंकले अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ३० अर्ब रुपैयाँ झिक्न लागेको हो ।

अन्तर बैंकदर ३ प्रतिशतभन्दा तल झरेपछि राष्ट्र बैंकले बजारबाट पैसा झिक्न लागेको हो । केन्द्रीय बैंकले ब्याजदरलाई नियन्त्रण्मा राख्न तथा तरलता व्यवस्थापनका लागी ब्याजदर करिडोर लागू गरेको छ । यो व्यवस्था अनुसार राष्ट्र बैंकले अन्तर बैंक दर ३ प्रतिशतभन्दा तल हुँदा बजारबाट पैसा झिक्ने गर्छ भने ७ प्रतिशतभन्दा बढी भएपछि बजारमा पैसा पठाउने गर्छ ।

राष्ट्र बैंकले १४ दिने निक्षेप सङ्कलन गर्न खोजेको हो ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् ।

निक्षेप सङ्कलनको परिपक्वता वा सावाँ ब्याज भुक्तानी आगामी असार १४ गते हुनेछ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here