20.5 C
Nepal
Monday, September 16, 2024

श्री डिष्टिलरीले ९.६० लाख कित्ता आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धक नियुक्त

श्री डिष्टिलरीले प्राथमिक सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले कुल ६० लाख कित्ता सेयर संरचनामा १६ प्रतिशत अर्थात ९ लाख ६० हजार कित्ता आइपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले आईपीओ निष्कासनका लागि बिक्रि प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । यसका लागि जेठ ३१ गते दुवै कम्पनीबीच सम्झौता भएको छ । सम्झौतामा श्री डिष्टिलरी लिमिटेडका तर्फबाट सञ्चालक सनत न्यौपाने र प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका छन् ।

श्री डिष्टिलरीका सञ्चालक सनत न्यौपानेले श्री डिष्टिलरीले लामो समयदेखि मदिरा उद्योगमा आफ्नै पहिचान बनाउन सफल भईसकेकोले कम्पनीले अब जनतालाई पनि साझेदारी बनाएर अघि बढ्न लागेको बताएका छन ।

यस्तै, प्रभु क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले आइपीओ निष्काशनमा श्री डिष्टिलरीले गरेको विश्वासमा धन्यवाद व्यक्त गरे ।

सम्झौतासँगै कम्पनीले आइपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड समक्ष निवेदन पेश गर्ने छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here