21.1 C
Nepal
Friday, November 14, 2025

हिमालयन बैंक लिमिटेडको ५०.९१ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

spot_imgspot_imgspot_img

हिमालयन बैंक लिमिटेडले आफ्ना ६ जना संस्थापक सेयरधनीहरुको स्वामित्वमा भएको ५० लाख कित्ता बढी संस्थापक सेयर लीलाम बिक्रीमा राखेको छ । बैंकले आजदेखि ५० लाख ९१ हजार ८१८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो।

यो सेयर बैंकका विद्यमान संस्थापक सेयरधनीले खरिद गर्न सक्नेछन, खरिद गर्न चाहने संस्थापक सेयरधनीहरुले काठमाण्डौ कमलादीमा रहेको बैंकको केन्द्रीय कार्यालयको कानून विभागमा आवश्यक कागजातसहित निवेदन पेश गर्नुपर्नेछ ।

संस्थापक सेयरधनीले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। संस्थापक सेयरहरुको मूल्य फरक फरक भएकोले मुल्य विवरणका लागि कार्यालयमा संपर्क गर्नु पर्नेछ ।

तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here