21.2 C
Nepal
Monday, September 16, 2024

प्रभु बैंकको १.६९ लाख कित्ता संस्थापक सेयर लीलाम बिक्रीमा, सर्वसाधारणका लागि पनि खुल्ला

प्रभु बैंक लिमिटेडले आफ्ना संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख कित्ता बढी सेयर लीलामा बिक्री राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १ लाख ६९ हजार ५३९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

विद्यमान संस्थापक सेयरधनीका लागि ३५ दिने सूचना जारी गरी बिक्रीमा राखिएकोमा कुनै आवेदन नपरेकाले आम सर्वसाधारणका लागि यो सेयर बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।

यो सेयर खरिदका लागि लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र बबरमहलमा रहेको बैंकको केन्द्रीय कार्यालयमा नेपाल राष्ट्र बैंकले तोके बमोजिमको फिट एण्ड टेष्टको मापदण्ड पुरा हुने कागजातसहित आवेदन दिनुपर्नेछ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here