एलिट मर्चेन्ट क्यापिटल लिमिटेडले जारी पुँजी २८ करोड १२ लाखको २० प्रतिशत सेयर आम सर्वसाधारणलाई आईपीओमार्फत बिक्री गर्ने जनाएको छ ।
हाल कम्पनिले संस्थापकहरुका लागि मात्र निष्काशन गरिएको हकप्रदमा १००ः२५ अर्थात २५ प्रतिशत हकप्रद शेयर निष्काशन गरेको छ । कम्पनीले आगामी असार ५ गतेसम्म हकप्रद सेयरका लागि आवेदन दिन सेयरधनीहरुका नाममा सार्वजनिक सूचना जारी गरेको छ ।
यो हकप्रद निष्काशनपछि एलिट क्यापिटलको चुक्तापुँजी २२ करोड ५० लाख पुग्नेछ । हकप्रद पछी कम्पनिले आइपिओ जारी गर्नेछ ।
संस्थाको जारी पुँजी २८ करोड १२ लाखको २० प्रतिशत सेयर आम सर्वसाधारणलाई आईपीओमार्फत बिक्री गरिने योजना रहेको क्यापिटलले जनाएको छ ।
नेपाली व्यवशायी, गैरआवासीय नेपाल, सेयर बजारका लगानीकर्ता, बैंकर्स र उद्यमीहरुको प्रयासमा स्थापित एलिट क्यापिटलले बिभिन्न मर्चेन्ट बैंकिङ सेवाहरु दिइरहेको छ । कम्पनीले पोर्टफोलियो म्यानेजमेन्ट, कर्पोरेट एडभाईजरी, अण्डरराईटिङ तथा डिम्याट सेवा प्रदान गरिरहेको छ ।