19.9 C
Nepal
Sunday, September 28, 2025

असार २७ गते मनकामना स्मार्ट लघुवित्तको १०.१५ लाख कित्ता सेयरको लक इन अवधि सकिदै

spot_imgspot_imgspot_img

आगामी असार २७ गते मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको लक–इन अवधि समाप्त हुने भएको छ। एक सूचना जारी गर्दै संस्थाले आगामी असार २७ गते संस्थापक सेयरधनीहरु तथा कर्मचारीको लक इनमा राखिएको सेयरको लक–इन अवधि समाप्त हुने जानकारी गराएको हो ।

संस्थाको संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १० लाख ८ हजार ३५.४३ कित्ता र कर्मचारीको स्वामित्वमा रहेको ७ हजार ४२८ कित्ता गरी कुल १० लाख १५ हजार ४५९.९६ कित्ता सेयरको लक–इन अवधि समाप्त हुन लागेको हो ।

कम्पनीले २०७८ असार १७ गतेदेखि असार २१ गतेसम्म सर्वसाधारण(कर्मचारी समेत) लाई आईपीआो निष्कासन गरेको थियो ।

लक–इन पिरियड समाप्त भएपछि यी सेयर दोस्रो बजारमा कारोबारमा आउनेछन् ।

धितोपत्र बार्डले कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरि बाँडफाँड गरिएको मितिले तीन वर्ष समाप्त नभएसम्म संस्थापक सेयरधनीले धारण गरेको,स्थानिय बासिन्दा तथा कर्मचारीलाई बाँडफाड गरिएको सेयर लक इनमा राख्नु पर्ने व्यवस्था गरेको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here