29.1 C
Nepal
Friday, March 14, 2025

ट्रष्ट माइक्रो इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने

ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । यसका लागि विशेष प्रस्ताव पारित गर्नका लागि प्रथम वार्षिक साधारण सभा डाकेको छ ।

कम्पनीको जेठ २५ गते बसेको सञ्चालक समितिको बैठकले असार २२ गते बुटवलमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे वार्षिक साधारण सभा हुने गरी निर्णय गरेको छ ।

उक्त सभामा सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने,सो सम्बन्धमा आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र सर्वसाधारण सेयरधनीलाई छुट्टाइएको सेयरबाट कर्मचारीलाई ५ प्रतिशत सेयर छुट्टाउने गरी प्रबन्धपत्र शंशोधन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै,अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै २०८० असार मसान्तसम्मको वासलात,नगद प्रवाह विवरण लगायतका अन्य वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै सञ्चालक समितिको निर्वाचन तथा स्वतन्त्र विज्ञ सञ्चालको नियुक्तीको प्रस्ताव समेत पारित गरिनेछ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here