20.5 C
Nepal
Monday, September 16, 2024

सेयर बजारबाट ५ दिनमै ७८५ करोड भारु आर्जन गर्ने यि हुनेवाला मुख्यमन्त्री चन्द्रबाबू नायडु, बने मालामाल

हालै सम्पन्न भारतको लोकसभा निर्वाचनमा सत्तारुढ गठबन्धन एनडीएबाट निर्वाचन जितेका टीडीपी पार्टीका अध्यक्ष चन्दबाबू नायडुको परिवारको सम्पत्ति ५ दिनमै ७८५ करोड भारुले बढेको छ ।
निर्वाचनको मतपरिणाम आएपश्चात सेयर बजारमा आएको वृद्धिका कारण चन्दबाबू नयाडुका स्वामित्वको कम्पनीको सेयरमूल्य बढ्दा उनको सम्पत्तिमा उछाल आएको हो । आन्ध्र प्रदेशको मुख्य मन्त्रीका मुख्य दाबेदार चन्दबाबू नयाडुको कम्पनी हेरिटेज फूड्स लिमिटेडको कम्पनीको सेयरमूल्यमा लगातार अपर सर्किट लागिरहेको छ । गत शुक्रबार यो कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ६६१.२५ भारु कायम भएको थियो ।

यो मूल्य कम्पनीको ५२ साताकै उच्च हो । कम्पनीको सेयरमूल्यमा पछिल्लो ३ दिन लगातार सकारात्मक सर्किट लागिरहेको छ । कम्पनीको ५२ साताको न्यूनतम मभूल्य २०६.६० भारु रहेको छ । यो कम्पनीको बजार पूँजीकरण ३ हजार ९५६ करोड भारु रहेको छ ।

कम्पनीमा चन्द्रबाबू नायडुको परिवारको स्वामित्व ३५.७१ प्रतिशत रहेको छ । जुन ३ करोड ३१ लाख ३६ हजार भारुबराबर हुन आउँछ । यो कम्पनीमा नायडुका छोरा नारा लोकेशको १०.८२ प्रतिशत स्वामित्व छ भने भुवनेश्वरी नारा र देवांश नाराको क्रमशः२४.३७ र ०.०६ प्रतिशत स्वामित्व छ । -एजेन्सी

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here