20.6 C
Nepal
Thursday, September 19, 2024

श्री डिष्टिलरीको आईपीओ आउने

श्री डिष्टिलरी लिमिटेडले आईपीओ निष्कासन गर्ने निर्णय गरेको छ । कम्पनीले आईपीओ निष्कासनको मुख्य प्रस्तावसहित विशेष साधारण सभा बोलाएको छ ।

कम्पनीको जेठ १८ गते बसेको सञ्चालक समितिको बैठकले आगामी असार ११ गते मंगलबारका दिन बबरमहलमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा दिनको २ बजे सभा आयोजना निर्णय गरेको हो ।

उक्त सभामा सर्वसाधारणका लागि छुट्टाइएको आईपीओ निष्कासन गर्ने, आईपीओ निष्कासनका लागि सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको आवश्यक दफा तथा नियम संशोधन गर्ने र प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै संशोधन गर्न सुझाव प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here