19.9 C
Nepal
Sunday, September 28, 2025

रु.३०.८७ अर्बको ट्रेजरी बिल नविकरण गरिने

spot_imgspot_imgspot_img

नेपाल सरकारले जेठ २२ गते ३०अर्ब ८७ करोड रुपैयाँको ट्रेजरी बिल नविकरण गर्ने भएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले २८ दिन, ९१ दिन, १८२ दिन र १ वर्षे अवधिको ट्रेजरी बिल नविकरण गर्न लागेको हो।
यी ट्रेजरी बिलको जेठ २१ गते बोलकबोल हुनेछ।

कार्यालयले २८ दिनको लागि ८ अर्ब रुपैयाँ, ९१ दिनको लागि ६ अर्ब ४ करोड रुपैयाँ, १८२ दिनका लागि १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण र १ वर्षको लागि ६ अर्ब ८३ करोड रुपैयाँबराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो ।

ट्रेजरी बिल जेठ २१ गते अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here