20.6 C
Nepal
Thursday, September 19, 2024

लघुबीमा कम्पनीको १ अर्ब बढीको आईपीओ आउँदै, अघी बढ्यो प्रकृया

लघुबीमा कम्पनीहरुले प्राथमिक सेयर(आईपीओ) निष्कासन गर्ने भएको छ । हाल ३ लघु जीवन बीमा र ४ निर्जीवन लघुबीमा गरी कुल ७ वटा लघुबीमा कम्पनी सञ्चालनमा छन् ।

लघुबीमा कम्पनीले कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्नुपर्ने हुन्छ । यसरी हेर्दा प्रत्एक कम्पनीले २२ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ जारी गर्नेछन ।

सोही बमोजिम अधिकांश लघुबीमकले आईपीओ निष्कासनको प्रक्रिया अघि बढाइसकेका छन् । ती कम्पनीहरुले आईपीओ निष्कासन गर्ने प्रस्ताव आ–आफ्नै वार्षिक साधारण सभाबाट समेत पारित गराइसकेका छन् ।

लघुजीवन बीमा व्यवसायतर्फ गार्डियन माइक्रो लाइफ इन्स्योरन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी छन् भने निर्जीवन लघु बीमा व्यवसायतर्फ ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनी, नेपाल माइक्रो इन्स्योरेन्स, स्टार माइक्रो इन्स्योरेन्स र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी छन् ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here