20.5 C
Nepal
Monday, September 16, 2024

दोहोरो अंकले बढ्यो सेयर बजार

साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको वढेको छ । आज नेप्से परिसूचक ०.६५ प्रतिशत अर्थात १३.५१ अंकले घटेर २०८३.०४ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स बढेर ३७१.६५ विन्दु कायम भएको छ । आज ९६ लाख ९७ हजार २०६ कित्ता सेयर ४ अर्ब ३१ करोड १० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ३ वटा बाहेक अन्य सबै समूहमा हरियाली छाएको छ । आज व्यापार समूहमा उछाल आएको छ । यो समूह आज ६.५६ प्रतिशतले बढ्यो ।

त्यस्तै बैंकिङ समूह १.११, विकास बैंक ०.२२, वित्त २.१७,होटल ०.४६,हाईड्रो १.२६,जीवन बीमा ०.७७,लघुवित्त ०.५२,निर्जीवन बीमा ०.६७ र अन्य समूह ०.९६ प्रतिशतले बढ्यो ।

आज लगानी समूह ०.२३ प्रतिशत, उत्पादन तथा प्रशोधन २.४० र म्युचुअल फण्ड समूह ०.०५ प्रतिशतले घट्यो ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेपाल फाइनान्सको २२ करोड ६४ लाख बढीको सेयर कारोबार भएको छ भने पोखरा फाइनान्सको १८ करोड ७० लाख,फर्स्ट माईक्रोफाइनान्सको १४ करोड ७ लाख,अपर लोहोरे खोलाको १२ करोड ४४ लाख र एनआरएन इन्फ्रास्ट्रक्चरको १० करोड ७ लाख बढीको सेयर कारोबार भएको छ ।

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज मल्टीपर्पस फाइनान्स र मकर जितुमाया सुरी हाईड्रोको सेयरमूल्य १० प्रतिशतले बढेको छ भने कालिञ्चोक दर्शन लिमिटेड ८.८५ प्रतिशत,अपर सोलु हाईड्रो ८.४८ र माई खोला हाईड्रोको सेयरमूल्य ८.०२ प्रतिशतले बढेको छ ।

आज नारायणी डेभलपमेन्ट बैंकको सेयर ९.१३ प्रतिशतले घट्यो । त्यस्तै युनिलिभरको ७.८८ प्रतिशत र पोखरा फाइनान्सको सेयरमूल्य ५.२५ प्रतिशतले घटेको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here