19.9 C
Nepal
Sunday, September 28, 2025

असार २२ गते जीवन विकास लघुवित्तको ९१.६३ लाख कित्ता सेयरको लक इन अवधि समाप्त हुँदै

spot_imgspot_imgspot_img

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको ९१ लाख कित्ता बढी सेयरको लक इन समयावधि समाप्त हुने भएको छ । यो सेयरको लकइन असार २२ गते समाप्त हुन लागेको हो ।

कम्पनीको संस्थापक सेयर तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयर(बोनस समेत)को लक इन अवधि समाप्त हुन लागेको हो ।

कम्पनीको ९० लाख ९५ हजार ७५२.५७ कित्ता संस्थापक सेयर र ६७ हजार ३७५.९५ कित्ता कर्मचारीका लागि छुट्याइएको सेयर गरी जम्मा ९१ लाख ६३ हजार १२८.५२ कित्ता सेयरको लक इन अवधि सकिन लागेको हो ।

कम्पनीले आम सर्वसाधारण र कर्मचारीका लागि २०७८ असार ११ गतेदेखि १५ गतेसम्म आईपीओ निष्कासन गरेको थियो ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here