19.9 C
Nepal
Sunday, September 28, 2025

साना किसान विकास लघुवित्तको ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा,न्यूनतम मूल्य ३३०

spot_imgspot_imgspot_img

साना किसान विकास लघुवित्त वित्तीय संस्थाले प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट लिमिटेडको स्वामित्वमा रहेको ३० हजार कित्ता संस्थापक सेयर लिलाम बिक्रिमा राखिएको छ । उक्त संस्थापक सेयर आजदेखि बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखिएको हो ।

उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३३० रुपैयाँ तोकिएको छ । यसका लागि विद्यमान संस्थापकहरुले बोलपत्र आवेदन पेश गर्न सक्नेछन् ।

सेयर खरिदका लागि न्यूनतम १ हजार कित्ता र अधिकतममा ४ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले असार १९ गतेभित्र आवेदन दिईसक्नु पर्नेछ । सेयरको बिक्री प्रबन्धकको रुपमा एनआईसी एशिया क्यापिटल रहेको छ ।

लगानीकर्ताले बबरमहलमा रहेको क्यापिटललको कार्यालय र साना किसान विकास लघुवित्तको शाखा कार्यालयहरु विर्तामोड,इटहरी,बर्दिवास,हेटौडा,गजुरी,पोखरा,बुटवल,नेपालगञ्ज,विरेन्द्रनगर,बबरमहल,लहान र अत्तिरियामा आवेदन दिन सक्नेछन् ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here