20.6 C
Nepal
Thursday, September 19, 2024

भिजन ईनर्जिले आईपीओ निष्कासन गर्ने

भिजन ईनर्जि एण्ड पावर लिमिटेडले आईपीओ निष्कासन गर्ने निर्णय गरेको छ । यसका लागि कम्पनिले विशेष साधारण सभा डाकेको छ । गत वैशोख ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी जेठ ३२ गतेका लागि विशेष साधारण सभा डाकेको हो ।

उक्त सभा दिनको ३ बजे भर्चुअल माध्यम जुममार्फत आयोजना हुनेछ । सभामा कम्पनीको जारी पूँजीको १५ प्रतिशतले हुन आउने रकमको आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।

यसका साथै, कम्पनीको अधिकृत र जारी पूँजी वृद्धि गर्ने, कम्पन्रीको प्रबन्धपत्रको दफा ६ संशोधन गर्ने र आईपीओ जारी गर्ने क्रममा नियमनकारी निकायबाट प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन,थपघट,परिवर्तन वा संशोधन गर्न निर्देशन प्राप्त भएमा समेही बमोजिम गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here