16.5 C
Nepal
Thursday, February 12, 2026

मदिरा, बियर र सूर्तिचुरोटको अन्तशुल्क बढ्यो -आलु, प्याज, स्याउमा लाग्ने भ्याट खारेज

spot_imgspot_imgspot_img

अर्थमन्त्री वर्षमान पुनले बजेटमार्फत मदिरा, वियर, सूर्ति र चुरोटमा लगाइएको अन्तशुल्क दरमा वृद्धि गरिएको छ । योसँगै मदिरा, बियर, सूर्चित र चुरोट महंगिने भएका छन् ।

त्यस्तै बजेटमार्फत अर्थमन्त्रिले आलु, प्याज, स्याउ लगायतका तरकारी एवं फलफूलमा लागेको मूल्य अभिवृद्धि कर खारेज गरिदिएका छन् । यसबाट स्वदेशी उत्पादन संरक्षणमा टेवा पुग्ने विश्वास लिइएको बताएका छन् ।

यस्तै, मूल्य अभिवृद्धि करमा दर्ताका लागि वस्तु र सेवाको मिश्रित कारोवारमा हाल रहेको थ्रेसहोल्डमा वृद्धि गरी तीस लाख पुर्याइएको छ ।

मूल्य अभिवृद्धि करमा दर्ता भएका सबै करदाताले क्रमशः अनिवार्य रूपमा विद्युतीय प्रणालीबाट बिजक जारी गर्नुपर्ने व्यवस्था मिलाइने बताइएको छ।

वार्षिक रु. २५ करोड भन्दा बढीको कारोवार गर्ने सबै करदाताको कारोवारलाई केन्द्रीय बिजक अनुगमन प्रणालीमा आवद्ध गरिनेछ।

बैंक तथा वित्तीय संस्थामा पेश गरिएका वित्तीय विवरण र कर सूचना प्रणालीमा पेश भएका विवरणबीच आबद्धता कायम गर्ने स्वचालित प्रणाली विस्तार गरी लागू गरिने भएको छ।

करदाताले बुझाउनुपर्ने विवरण बुझाएको र कर बक्यौता नरहेको अवस्थामा करदाता स्वंयले क्यूआर कोड सहितको कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सक्ने प्रणालीको विकास गर्ने समेत बताइएको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here