20.5 C
Nepal
Monday, September 16, 2024

आगामी १० वर्षमा ३० खर्बको प्रविधि निर्यात गर्ने सरकारको लक्ष्य

सरकारले आगामी १० वर्षमा ३० खर्बको सूचना प्रविधि निर्यात गर्ने लक्ष्य लिएको छ । आज संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमनत्री पुनले यस्तो बताएका हुन् । पुनले ५ लाख प्रत्यक्ष र १० लाख अप्रत्यक्ष रोजगारी सृजना गर्ने लक्ष्यसहित ३० खर्बको प्रविधि निर्यात गर्ने लक्ष्य लिइएको बताएका छन् ।


आगामी दशकलाई सरकारले ‘सूचना प्रविधिको दशक’ प्रस्थान वर्षका रूपमा अघि बढाउने भएको छ । सरकारले सेन्टर स्थापना, बौद्धिक सम्पत्ति सुरक्षा लगायतका लागि ५९ करोड विनियोजन गरेको छ ।

यसैगरी काठमाण्डौ उपत्यका र बुटवलमा सूचना प्रविधि पार्क स्थापना गरिने भएको छ । यस्ता पार्कमा ३ वर्षका लागि वर्क हब बनाउनेछ ।

सरकारले लतिलपुरको खुमलटारमा ज्ञान पार्क स्थापना गर्न १७ करोड विनियोजन समेत गरेको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here