14.8 C
Nepal
Thursday, March 13, 2025

कुमारी बैंकको १० लाख कित्ता संस्थापक सेयर लीलाम बिक्रीमा, न्यूनतम मूल्य १००

कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीहरुको नाममा रहेको १० लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि उक्त संस्थापक सेयर बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि जो कोहि व्यक्ति,कम्पनी वा संघ संस्थाले खरिद आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ निर्धारण गरिएको छ । बोलपत्र आवेदन पेश गर्दा न्यूनतम १ लाख कित्ता र अधिकतममा भने सम्पूर्ण कित्ताका लागि आवेदन पेश गर्न सकिनेछ ।

इच्छुक लगानीकर्ताले काठमाण्डौको नक्सालमा रहेको कुमारी क्यापिटलमा आईपुग्ने गरी आवेदन दिनुपर्नेछ। आवेदन पेश गर्ने अन्तिम मिति जेठ २२ गते अपरान्ह ३ बजेसम्म रहेको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here