22.6 C
Nepal
Thursday, September 19, 2024

मिथिला लघुवित्तको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य ६५५

मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले १० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। संस्थाले विद्यमान संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्रीमा राखेको हो ।

उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ६५५ रुपैयाँ निर्धारण गरिएको छ ।

यो सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले संस्थाको केन्द्रीय कार्यालय ढल्केवर धनुषामा आवश्यक कागजात संलग्न गरी आवेदन पेश गर्नु पर्नेछ । आवेदन पेश गर्दा के कति दर रेटमा खरिद गर्न चाहेको उल्लेख गरी आवेदन दिनु्पर्नेछ ।

सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। उक्ति समयभित्र कुनै आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने संस्थाले जनाएको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here