21.7 C
Nepal
Thursday, September 19, 2024

जनउत्थान सामुदायिक लघुवित्तको नाफा १६३% ले बढ्यो

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले ९५ लाख ९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १६३.०९ प्रतिशतले बढी हो ।

संस्थाको खुद ब्याज आम्दानीमा भने घटेको देखिएको छ । संस्थाले तेस्रो त्रैमाससम्म ६ करोड ४० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ८.३० प्रतिशतले कम हो । तेस्रो त्रैमाससम्म संस्थाको कुल सञ्चालन आम्दानी ८ करोड ७१ लाख र सञ्चालन मुनाफा ७६ लाख ६ हजार रुपैयाँले ऋणात्मक रहेको छ ।

संस्थाले कर्मचारीका लागि ५ करोड ९२ लाख र अन्य सञ्चालनका लागि १ करोड ९५ लाख रुपैयाँ खर्च गरेको छ । संस्थाको रिजर्भको आकार ६.२७ प्रतिशतले घट्दै ८ करोड ५५ लाख रुपैयाँमा सीमित भएको छ ।

त्यस्तै संस्थाको खराब कर्जा अनुपात ११.४८ प्रतिशतबाट घटेर १०.३१ प्रतिशत कायम भएको छ ।

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस)७.४५ रुपैयाँ ,,प्रतिसेयर नेटवर्थ १५०.२७ रुपैयाँ,मूल्य आम्दानी अनुपात १५१.४० गुणा ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ३६३.७५ रुपैयाँ र तरलता अनुपात ६.६७ प्रतिशत कायम भएको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here