11.4 C
Nepal
Wednesday, February 18, 2026

छिमेक लघुवित्तको नाफा २६% ले घट्यो

spot_imgspot_imgspot_img

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा र आम्दानी दुवैमा कमी आएको छ । संस्थाले चालु आवको तेस्रो त्रैमाससम्म ६४ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २६.८९ प्रतिशतले कम हो ।

त्यस्तै समीक्षा अवधिसम्म संस्थाले २ अर्ब ५ करोड ६६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा २.८५ प्रतिशतले कम हो ।

संस्थाले तेस्रो त्रैमाससम्म १ अर्ब ८५ करोड रुपैयाँबराबरको खुद सञ्चालन आम्दानी गरेको छ । संस्थाको सञ्चालन मुनाफा ९० करोड ४१ लाख रुपैयाँबराबर रहेको छ ।

तेस्रो त्रैमाससम्म संस्थाले कर्मचारीका लागि ८० करोड २० लाख र अन्य सञ्चालनका लागि ११ करोड ९७ लाख रुपैयाँ खर्च गरेको छ ।

त्यस्तै कम्पनिको रिटेन्ड अर्निङ १ अर्ब ४५ करोड रुपैयाँ रहेको छ । कम्पनिको रिजर्भ २ अर्ब ५९ करोड रुपैयाँ रहेको छ । संस्थाको वितरणयोग्य मुनाफा १ अर्ब ३० करोड रुपैयाँबाट बढेर १ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ ।

संस्थाको चुक्तापूँजी २ अर्ब ९७ करोड ७१ लाख रुपैयाँ रहेको छ । तेस्रो त्रैमाससम्म ३२ अर्ब ९१ करोड रुपैयाँ निक्षेप संकलन गरेको संस्थाले ३३ अर्ब ९० करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ ।

यस अबधिमा कम्पनिको खराब कर्जा अनुपात १.१९ प्रतिशतबाट बढेर ३.०४ प्रतिशत पुगेको छ ।

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) २८.८३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २३७.३० रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ५३०.५२ रुपैयाँ, मूल्य आम्दानी अनुपात २८.९६ गुणा र तरलता अनुपात २३.२१ प्रतिशत कायम भएको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here