सोल्टी होटल लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरणअनुसार कम्पनीले यस अवधिसम्म ४१ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा यो रकम ११.०८ प्रतिशतले बढी हो ।
कम्पनीले समीक्षा अवधिसम्म १ अर्ब ६८ करोड रुपैयाँ कुल आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ११.३८ प्रतिशतले बढी हो ।
अघिल्लो आवको तेस्रो त्रैमाससम्म कुल खर्च १ अर्ब १६ करोड ८३ लाख रुपैयाँ रहेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको कर्जा घटेर १३ लाख ८ हजार रुपैयाँमा सीमित भएको छ ।
कम्पनीको रिटेन्ड अर्निङको आकार १ अर्ब ३५ करोड रुपैयाँ रहेको छ । चुक्तापूँजी ९२ करोड ८९ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)४.४४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २४.५८ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३२.४८ रुपैयाँ,पिई अनुपात ९८.९१ गुणा र तरलता अनुपात १.२२ प्रतिशत रहेको छ ।




