20.5 C
Nepal
Monday, September 16, 2024

एनएमबी लघुवित्त ७.४९ करोड घाटामा

एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेड चालु आवको तेस्रो त्रैमाससम्म ७ करोड ४९ लाख रुपैयाँ घाटामा रहेको छ ।

संस्थाको खुद ब्याज आम्दानी १७ करोड ५३ लाख रुपैयाँ रहेको छ । तेस्रो त्रैमाससम्म संस्थाको वितरणयोग्य मुनाफा ७ करोड २७ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ ।

संस्थाको इम्पेयरमेन्ट चार्ज २ करोड २४ लाख रुपैयाँले ऋणात्मक, कर्मचारी खर्च १७ करोड ६७ लाख रुपैयाँ ऋणात्मक र अन्य सञ्चालन खर्च ५ करोड ९२ लाख रुपैयाँले ऋणात्मक रहेको देखिन्छ ।

संस्थाले समीक्षा अवधिसम्म १ अर्ब ३४ करोड मात्रै निक्षेप संकलन गरेको छ । त्यस्तै यस संस्थाले ५ अर्ब ९ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ ।
संस्थाको खराब कर्जा अनुपात ८.२९ प्रतिशत रहेको छ ।

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस)१३.८५ रुपैयाँ ऋणात्मक,,प्रतिसेयर नेटवर्थ १२६.२० रुपैयाँ,मूल्य आम्दानी अनुपात ४२.३८ गुणा ऋणात्मक,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ७५३.५२ रुपैयाँ र तरलता अनुपात ९.९५ प्रतिशत रहेको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here