19.9 C
Nepal
Sunday, September 28, 2025

लक्ष्मी टेक्नो प्लाष्टले १४ लाख कित्ता आईपीओ निष्कासन गर्ने

spot_imgspot_imgspot_img

लक्ष्मी टेक्नो प्लाष्ट लिमिटेडले आईपीओ निष्कासन गर्ने निर्णय गरेको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्नका लागि विशेष साधारण सभा बोलाएको छ । कम्पनिको वैशाख २२ गते बसेको सञ्चालक समितिको बैठकले आगामी जेठ १६ गते बुधबारका दिन हटौडामा विशेष साधारण सभा आयोजना गर्ने निर्णय पारीत गरेको छ ।

उक्त सभाले आईपीओ निष्कासन गर्ने र कम्पनीको चुक्तापूँजी बढाउने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले आम सर्वसाधारणका लागि १४ करोड रुपैयाँबराबरको रु.१०० अंकितदरका १४ लाख कित्तामा प्रिमियम मुल्य समेत थपेर आइपिओ निस्कास्न गर्नेछ ।

कम्पनीले आईपीओ निष्कासनका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्रि प्रबन्धकमा नियुक्त गरिसकेको छ ।

यस कम्पनिले प्लास्टिकजन्य सामग्री जस्तै सिपिभिसि÷पिभिसिपाइप्स तथा फिटिङ्गस्, प्लास्टिक फर्निचरहरु,प्लास्टिकको पानी ट्याड्ढी, औद्योगीक तथा घरायसी प्रयोजनका प्लाष्टिकका बाल्टिनहरु, प्लास्टिक जन्य घरेलु उत्पादनहरू जस्तै डस्टबिन, एयर टाइट जार, साबुनबार बक्स, फ्रिज स्ट्यान्ड, मेलामाइन टेवल वेयर (प्लाष्टिकका थाल, कचौरा, चम्चा) आदि उत्पादन गर्ने गर्दछ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here