21.8 C
Nepal
Tuesday, September 17, 2024

९६.४९ लाख घाटामा रहेको बाराही हाईड्रोपावरको रिजर्भ ११ करोडले ऋणात्मक

बाराही हाईड्रोपावर पब्लिक लिमिटेड चालु आर्थिक वर्ष २०८०÷८१ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनी ९० लाख ४२ हजार रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोहि अवधिसम्म पनि कम्पनी ९६ लाख ४९ हजार रुपैयाँ घाटामा थियो ।

कम्पनीले विद्युत बिक्रीमार्फत २ करोड ३१ लाख र अन्य आम्दानी २४ हजार ६ सय रुपैयाँ आर्जन गरेको छ । यो अवधिसम्म कम्पनीले १७ लाख ८० हजार रुपैयाँ प्रशासनिक खर्च गरेको छ । कम्पनीको रिजर्भको आकार ११ करोड ५४ लाख रुपैयाँले ऋणात्मक अवस्थामा रहेको देखिन्छ । कम्पनीको कुल चालु सम्पत्ति ७ करोड १४ लाख र कुल चालु दायित्व ५ करोड ६७ लाख रुपैयाँ रहेको छ ।

तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)३.६२ रुपैयाँ ऋणात्मक,प्रतिसेयर नेटवर्थ ५३.८१ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ५६९.५० रुपैयाँ र तरलता अनुपात १.२६ प्रतिशत रहेको देखिन्छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here