20.5 C
Nepal
Monday, September 16, 2024

दोहोरो अंकले घट्यो नेप्से

साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज बजार १.२३ प्रतिशत अर्थात २४.५८ अंकले घटेर १ हजार ९७४.३७ विन्दुमा बन्द भएको छ ।

आज नेप्सेमा सूचीकृत मध्ये ३१६ वटा कम्पनीको ९७ लाख ६२ हजार ८०३ कित्ता सेयर ३ अर्ब ७९ करोड ५७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

राष्ट्र बैंकसँग पनि लगानीकर्ता ढुक्क हुन नसक्दा पनि बजारले गति नलिएको पौडेल बताउँछन् ।

नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये २ वटा समूह बाहेक अन्य सबै समूह घटेका छन । आज लघुवित्त समूह ०.१६ र निर्जीवन बीमा समूह ०.०४ प्रतिशतले बढे ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेपाल फाइनान्सको सर्वाधिक सेयर अर्थात १२ करोड ६४ लाख बढीको सेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ११ करोड ९० लाख, पोखरा फाइनान्सको ११ करोड ७० लाख,आइएमई लाइफ इन्स्योरेन्सको ११ करोड ५ लाख र साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ९ करोड ३४ लाख बढीको सेयर कारोबार भएको छ ।

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज दोल्ती पावरको सेयरमूल्य सर्वाधिक अर्थात ९.५६ प्रतिशतले, साधना लघुवित्तको सेयरमूल्य ८.७२ र समता घरेलु लघुवित्तको सेयरमूल्य ८.७२ प्रतिशतले बढेको छ ।

त्यस्तै आज गुमाउनेहरुमा पिपुल्स पावरको सेयरमूल्य सर्वाधिक अर्थात ९.९२ प्रतिशतले, सिंगटी हाईड्रोको सेयरमूल्य ७.५५ प्रतिशतले र हिमालयन डिष्टिलरीको सेयरमूल्य ६.३३ प्रतिशतले घटेको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here