20.7 C
Nepal
Thursday, September 19, 2024

इन्फिनिटी लघुवित्तको नाफा २८०% ले बढ्यो

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्ममा अपरिस्क्रित विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनिले ५ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने संस्थाले १ करोड ३८ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो । यसरी हेर्दा कम्पनिको खुद नाफा २८०.५६ प्रतिशतले बढेको छ ।

समिक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी पनि बढेको छ । कम्पनिले तेस्रो त्रैमाससम्म १९ करोड ९३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ३.२५ प्रतिशतले बढी हो ।

त्यस्तै कम्पनिको खुद सञ्चालन आम्दानी २९.३२ प्रतिशतले बढेर २७ करोड २८ लाख रुपैयाँ रहेको देखिन्छ । कम्पनिको कर्मचारी खर्च १३ करोड ५५ लाख र अन्य सञ्चालन खर्च ४ करोड ८५ लाख रुपैयाँ रहेको छ ।

संस्थाको रिटेन्ड अर्निङ ४ करोड ४६ लाख रुपैयाँ ऋणात्मक, र रिजर्भको आकार २६ करोड ५७ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने संस्थाको रिजर्भको आकार १६ करोड ७९ लाख रुपैयाँमा सीमित थियो । संस्थाको चुक्तापूँजी ४९ करोड ७४ लाख रुपैयाँ रहेको छ ।

तेस्रो त्रैमाससम्म कम्पनिको कर्जा प्रवाह भने बढेको देखिन्छ । कम्पनिको कर्जा प्रवाह ४ अर्ब ३९ करोड रुपैयाँबाट बढेर ५ अर्ब १५ करोड रुपैयाँ पुगेको देखिन्छ । तर निक्षेप सङ्कलन भने अघिल्लो आवको तेस्रो त्रैमाससम्म १ अर्ब ३१ करोड रुपैयाँ रहदा समिक्षा अबधिमा १ अर्ब २७ करोड रुपैयाँ पुगेको देखिन्छ ।

त्यस्तै कम्पनिको वितरणयोग्य मुनाफा ४ करोड ४६ लाख रुपैयाँले ऋणात्मक रहेको देखिन्छ ।

इम्पेयरमेन्ट चार्ज १ करोड ५५ लाख रुपैयाँले ऋणात्मक रहेको छ ।

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) पनि ह्वात्तै बढेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ३.७० प्रतिशतमा सीमित रहेको ईपीएस बढेर १४.१० रुपैयाँ कायम भएको छ ।

यस्तै संस्थाको प्रतिसेयर नेटवर्थ १४४.४५ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार १२०.६९ रुपैयाँ,मूल्य आम्दानी अनुपात ५८.५४ गुणा र तरलता अनुपात ७.२२ प्रतिशत कायम भएको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here