13.8 C
Nepal
Wednesday, February 18, 2026

मोलुङ हाईड्रोपावर १ करोड ८१ लाख रुपैयाँ घाटामा

spot_imgspot_imgspot_img

मोलुङ हाईड्रोपावर कम्पनी लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्ममा १ करोड ३१ लाख रुपैयाँ खुद आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ३०.६९ प्रतिशतले कम हो । अघिल्लो आवको सोहि अवधिसम्म कम्पनीले १ करोड ९० लाख रुपैयाँ खुद आम्दानी गरेको थियो ।

मोलुङ हाईड्रोपावर १ करोड ८१ लाख रुपैयाँ घाटामा रहेको छ ।

कम्पनिले आफ्नो घाटा ३१.४० प्रतिशतले कम गरेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्ममा २ करोड ६५ लाख रुपैयाँ घाटामा रहेको कम्पनिले चालु आवको समीक्षा अवधिसम्ममा १ करोड ८१ लाख रुपैयाँमा झारेको हो ।

समीक्षा अवधिसम्म कम्पनीको कर्मचारी खर्च २९ लाख २९ हजार,प्रशासनिक तथा अन्य सञ्चालन खर्च १० लाख ९ हजार र वित्त खर्च १ करोड ५९ लाख रुपैयाँ रहेको छ । ८० करोड २५ लाख रुपैयाँ चुक्तापूँजी भएको कम्पनीको रिटेन्ड अर्निङ १८ करोड ३ लाख रुपैयाँले ऋणात्मक रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति ९ करोड २३ लाख र कुल चालु दायित्व ३२ लाख ७६ हजार रुपैयाँ रहेको छ । कम्पनीले ५८ करोड ४३ लाख रुपैयाँ दीर्घकालिन कर्जा लिएको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)२.२७ रुपैयाँ ऋणात्मक,प्रतिसेयर नेटवर्थ ७७.५३ रुपैयाँ, मूल्य आम्दानी अनुपात १८७.१४ गुणा र तरलता अनुपात २८.१८ प्रतिशत कायम भएको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here