प्रभु इन्स्योरेन्स लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको सञ्चालक समितिको ४३४ औँ बैठकले कम्पनीको २८ औँ वार्षिक साधारण सभा आह्वान गरेको हो।
बैठकले आगामी वैशाख २० गते बिहिबारका दिन तीनकुने काठमाण्डौमा रहेको प्रभु कम्प्लेक्समा सभा आयोजना गर्ने निर्णय गरेको हो। उक्त सभामा सञ्चालक समितिद्वारा प्रस्तावित ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांस गरी कुल ५ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ। सभामा बीमा प्राधिकरणले तोके बमोजिम चुक्तापूँजी २ अर्ब ५० करोड पुर्याउन हकप्रद सेयर वा नियमानुसारको अन्य कुनै विकल्प भए सोहि बमोजिम हुने गरी बीमा प्राधिकरणको स्वीकृतीपश्चात सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
Arthik Kagaj
आर्थिक कागज
सूचना विभाग दर्ता नंः 3422
Bouddha ,Kathmandu arthikkagaj.com@gmail.com
9851173468 Email: arthikkagaj.com@gmail.com, Everestmedia9@gmail.com




