24.4 C
Nepal
Monday, September 16, 2024

शतप्रतिशत हकप्रद जारी गर्दै रिभर फल्स पावर

रिभर फल्स पावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद जारी गर्ने निर्णय सञ्चालक समितिको बैठकले गरेको छ । कम्पनीले हकप्रद निष्कासनको मुख्य अजेण्डासहित दुई आर्थिक वर्षको साधारण सभा एकैपटक आह्वान गरेको छ । कम्पनीको चैत २८ गते बसेको सञ्चालक समितिको बैठकले ७ औं र ८ औं साधारण सभा एकैपटक डाकेको हो ।

सभा काठमाण्डोको नक्सालमा रहेको लिसारा रिसेप्सनमा आगामी वैशाख २० गते बिहिबारका दिन बिहान ११ बजे आयोजना हुने भएको छ । सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने,हाल कायम चुक्तापूँजीको १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने,हकप्रद सेयर प्रयोजनका लागि अधिकृत,जारी तथा चुक्तापूँजी वृद्धि गर्ने र यस सम्बन्धमा नियमनकारी निकायबाट कुनै संशोधन गर्न निर्देशन भएमा सोहि बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विेशष प्रस्तावहरु पारित गर्नेछ ।

कम्पनीको चैत ८ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको ऋण भुक्तानी गर्नका लागि हकप्रद जारी गर्ने निर्णय गरेको थियो ।

सभामा आव २०७८/७९ र २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ।

यस्तै सभामा आव २०७८/७९ र २०७९/८० को लेखापरीक्षण प्रतिवेदन सहितको वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै आव २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी वैशाख १० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ वैशाख ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै सभामा सहभागी हुन योग्य हुनेछन् ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here