29.5 C
Nepal
Friday, September 20, 2024

१.८७ अंकले घट्यो बैंकहरुको बेस रेट

वाणिज्य बैंकहरुको औसत आधार दर (बेस रेट) १.८७ अंकले घटेको छ । गत आवको यसै अवधिसम्म १०.६४ प्रतिशत रहेको कमर्सियल बैंकहरुको बेस रेट चालु आवको ८ महिनासम्म ८.७७ प्रतिशत कायम भएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुको निक्षेपको ब्याजदर गत आवको तुलनामा १.६३ अंकले घटेको छ ।
गत आवको यसै अवधिसम्म वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ८.३७ प्रतिशत थियो ।

यता वाणिज्य बैंकहरुको कर्जाको ब्याजर समेत २.२५ अंकले घटेको छ । गत आवको ८ महिनासम्म कमर्सियल बैंकहरुको कर्जाको ब्याजदर ८.३७ प्रतिशत रहेकोमा चालु आवको यस अवधिसम्म ६.७४ प्रतिशत कायम भएको छ ।

त्यस्तै, चालु आवको ८ महिनामा विकास बैंकहरुको आधार दर १०.७१ प्रतिशत र वित्त कम्पनीहरुको आधार दर १२.३३ प्रतिशत रहेको छ ।

साथै विकास बैंकहरुको निक्षेपको ब्याजदर ७.९३ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर १२.५२ प्रतिशत रहेको छ भने वित्त कम्पनीहरुको निक्षेपको ब्याजदर १२।३३ प्रतिशत र कर्जाको ब्याजदर १३.०३ प्रतिशत रहेको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here