19.5 C
Nepal
Tuesday, September 17, 2024

१.१६ करोड कित्ता सिंगटी हाइड्रोको सेयरको लक इन अवधि चैत २६ गते समाप्त हुँदै

आगामी चैत २६ गते सिंगटी हाइड्रो इनर्जी लिमिटेडको लक इन समयावधि समाप्त हुने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै कम्पनीको १ करोड कित्ता बढी सेयरको लक इन अवधि समाप्त हुन लागेको जानकारी दिएको हो ।

कम्पनीको संस्थापक सेयर, कर्मचारीका लागि जारी गरेको सेयर र स्थानीय बासिन्दाका लागि निष्कासन गरेको सेयरको लक इन अवधि सकिन लागेको हो ।

कम्पनीको १ करोड १ लाख ५० हजार कित्ता संस्थापक सेयर,१४ लाख ५० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी सेयर र ५८ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको गरी कुल १ करोड १६ लाख ५८ हजार कित्ता सेयरको लक इन अवधि आगामी चैत २६ गते सकिन लागेको हो ।

कम्पनीले १४ लाख ५० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि र कर्मचारीका लागि छुट्टाइएको ५८ हजार कित्ता सेयर २०७७ चैत २७ गते बाडफाड गरेको थियो ।

धितोपत्र बार्डले कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरि बाँडफाँड गरिएको मितिले तीन वर्ष समाप्त नभएसम्म संस्थापक सेयरधनीले धारण गरेको,स्थानिय बासिन्दा तथा कर्मचारीलाई बाँडफाड गरिएको सेयर लक इनमा राख्नु पर्ने व्यवस्था गरेको छ ।

यो अवधिसम्म संस्थापक,कर्मचारी र स्थानिय बासिन्दाले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्न पाउदैनन् ।

कम्पनीको लक इन समयावधि समाप्त भएसँगै यी सबै सेयर सर्वसाधारण सेयरमा परिणत हुनेछन् । र सेयरधनीले आफ्नो भागमा परेको सेयर खरिद बिक्री गर्न पाउने छन् ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here