20.5 C
Nepal
Monday, September 16, 2024

अम्बे स्टिल्सले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने , साधारण सभा आज बस्दै

अम्बे स्टिल्स लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । उक्त प्रस्ताव पारित गर्न आज साधारण सभा आयोजना गर्दैछ । कम्पनीको गत माघ २५ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय कम्पनिको साधारण सभाले पारीत गर्नेछ ।

यस सभामा प्रिमियम मूल्यमा आईपीओ निष्कासनको गर्ने विशेष प्रस्ताव पारित हुनेछ ।

उक्त सभाले प्रिमियम मूल्यमा आम सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने र सो कार्यको लागि सम्पूर्ण अधिकार सञ्चाल समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । सभामा आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धक तथा अन्डरराइटर नियुक्त गर्ने प्रस्ताव र आईपीबाट प्राप्त रकमको उपयोगको प्रस्ताव समेत पारित गरिनेछ ।

त्यस्तै सभाले कम्पनीको अधिकृत,जारी र चुक्तापूँजी जारी गर्ने र गत आविको विभिन्न वित्तीय प्रतिवेदनहरु पारित गर्नेछ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here