29.5 C
Nepal
Friday, September 20, 2024

१२.९६ करोड कित्ता निफ्राको सेयरको लक–इन समयावधि आज समाप्त हुने

आज नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को लक इन पिरी समय सकिदैछ ।

बैंकले एक सूचना जारी गर्दै आज फागुन २३ गते बैंकको संस्थापक सेयरधनीहरुको लक इनमा राखिएको सेयरको लक–इन अवधि समाप्त हुन लागेको जनाएको हो ।

निफ्राले गत २०७७ माघ २ गतेबाट ८ करोड कित्ता आईपीओ निष्कासन गरेको कुल कित्तामध्ये ०.२ प्रतिशत अर्थात् १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ४० लाख कित्ता म्युचुअल फण्डहरुका लागि आरक्षण छुट्याइएको थियो। सर्वसाधारणका लागि भने ७ करोड ५८ लाख ४० हजार कित्ता छुट्याइएको थियो।

अहिलेसम्म बैंकको १२ करोड ९६ लाख कित्ता संस्थापक सेयर लक–इनमा रहेको छ । लक–इन पिरियड समाप्त भएपछि यी सेयर दोस्रो बजारमा कारोबारमा आउनेछन् ।

धितोपत्र बार्डले कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरि बाँडफाँड गरिएको मितिले तीन वर्ष समाप्त नभएसम्म संस्थापक सेयरधनीले धारण गरेको,स्थानिय बासिन्दा तथा कर्मचारीलाई बाँडफाड गरिएको सेयर लक इनमा राख्नु पर्ने व्यवस्था गरेको छ ।

लकिङ समयमा संस्थापक,कर्मचारी र स्थानिय बासिन्दाले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्न पाउदैनन् ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here