16.5 C
Nepal
Friday, March 14, 2025

नेपाल माइक्रो इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने, प्रस्ताब पारीत गर्न आज साधारण सभा बस्दै

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । सो प्रस्ताव पारित गर्न आज वार्षिक साधारण सभा आयोजना गर्दैछ । कम्पनीको प्रथम वार्षिक साधारण सभा आज बिहान ११ बजे भरतपुर चिवनमा रहेको प्रधान कार्यालयमा आयोजना हुन लागेको हो ।

उक्त सभामा कम्पनीको चुक्तापूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतबराबरको आईपीओ सर्वसाधारणका लागि जारी गर्ने विशेष प्रस्ताव पारित हुनेछ ।

यस्तै गत आवको सम्पूर्ण वित्तीय विवरणहरु पारित गरिनुका साथै सञ्चालक समिति निर्वाचन गर्ने,गठन भएको सञ्चालक समितिलाई अनुमोदन गर्ने,सञ्चालक समितिले सिफारिस गरेको स्वतन्त्र सञ्चाल नियुक्त गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here