18.5 C
Nepal
Tuesday, September 30, 2025

सूर्योदय वोमी लघुवित्त र कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

spot_imgspot_imgspot_img

सूर्योदय वोमी लघुवित्त र कुमारी बैंक लिमिटेडको संस्थापक सेयर लीलाम बिक्रीमा राखिएको छ । कुमारी बैंकको ६ लाख ४१ हजार २७५ कित्ता र सूर्योदय वोमी लघसवित्तको ६ हजार २०६ कित्ता सेयर बिक्रीमा राखिएको हो ।

हालका लागि सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।

कुमारी बैंकका इच्छुक संस्थापक सेयरधनीहरुले काठमाण्डौको नक्सालमा रहेको कुमारी क्यापिटल वा टंगालमा रहेको कुमारी बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ।

त्यस्तै सूर्योदय वोमी लघुवित्तका संस्थापक सेयरधनीहरुले ललितपुरमा रहेको संस्थाको कर्पोरेट कार्यालय वा सेयर रजिष्ट्रार कुमारी क्यापिटलमा आवेदन पेश गनर्स पर्नेछ । संस्थापक सेयरधनीले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।

तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने जनाइएको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here