18.2 C
Nepal
Saturday, April 26, 2025

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा साधारण सभा आह्वान, सेयरधनीको हात खाली

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले ३७ औँ वार्षिक साधारण सभा बोलाएको छ। बैंकको फागुन १६ गते बसेको सञ्चालक समितिको बैठकले आगामी चैत २० गते का लागि साधारण सभा बोलाएको हो ।

गत बर्षको मुनाफाबाट सेयरधनीहरुले लाभांश नपाउने भएका छन अर्थात सेयरधनिको हात खाली हुनेछ । सभामा, साधारण सभाको निर्णयमा नियमनकारी नियकाबाट कुनै भाषिक संशोधन गर्न वा कुनै फेरबदल गर्न निर्देशन प्राप्त भएमा सोहि बमोजिम फेरबदल गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गरिनेछ।

सभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

सभामा बैंकको सहायक कम्पनी एनआईबीएल एस क्यापिटल र एनआइएबीएल स्टक मार्केट्सको गत आवको वित्तीय विवरणहरु समेत पारित गरिनुका साथै संस्थापक सेयरधनीका तर्फबाट ४ जना र सर्वसाधारण सेयरधनीका तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित हुनेछ ।

साधारण सभा प्रयोजनका लागि बैंकले आगामी फागुन २४ गतेदेखि साधारण सभाको मितिसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here