20.6 C
Nepal
Thursday, September 19, 2024

पशुपति रिन्यूएबल्सले आईपीओ निष्कासन गर्ने

पशुपति रिन्यूएबल्स लिमिटेडले आईपीओे निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ ।
कम्पनीको फागुन १५ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको प्रथम वार्षिक साधारण सभा डाकेको हो । उक्त सभा आगामी चैत ७ गते काठमाण्डौको नक्सालमा रहेको लिसरा रिसेप्सनका आयोजना हुनेछ ।

उक्त सभामा आईपीओ निष्कासन गर्ने र कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । सभामा गत आवको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरु पारित गरिनुका साथै सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित हुनेछ ।

पशुपनि रिन्यूएबल्स जलविद्युत तथा सौर्य उर्जा उत्पादक कम्पनी हो । कम्पनीले सन् २०३० सम्म ५०० मेगावाटको नविकरणीय उर्जा उत्पादन गर्ने लक्ष्य लिएको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here