20.5 C
Nepal
Monday, September 16, 2024

बीओ टु बीओ अनलाइन बनाईने, उधारोमा सेयर किन्नेलाई अप्ठ्यारो !

सीडीएससीले बीओ टु बीओ अर्थात एक डीपी खाताबाट अर्को डीपी खातामा सेयर हस्तान्तरण विधि अनलाइन बनाउने तयारी सुरु भएको छ । सेयर कारोबारलाई सहज र छिटोछरितो बनाउने उदेस्यले यसो गर्न लागिएको हो ।

अहिले २ वटा डीम्याट खाता एकजनाले राक्न पाउने ब्यबस्था रहेको छ । लगानिकर्ताको चाहना अनुसार आफ्ना सेयर एउटै डीम्याटमा पनि लानसक्छन् । यसरी सेयर सार्न पुरानो डीपी वा ब्रोकरमा गएर त्यहाँको पत्र लिएर सीडीएसी जानुपर्ने प्रावधान रहेको छ । तर अब यदि अनलाईन भएको खण्डमा उधारोमा सेयर कारोबार गर्नेले पुरानो ब्रोकरमा पैसा नतिरी नयाँ ब्रोकरमार्फत सेयर बिक्री गर्न सक्ने हुनाले ब्रोकरले उधारो कारोबार नगर्न सक्छन । यस्तो भएमा उधारो कारोबार गर्नेहरु अप्ठ्यारोमा पर्ने देखिन्छ ।

हाल ब्रोकरहरुले आफ्नै ब्रोकरमा डीपी हुनेहरुलाई पैसा अपुग हुँदा पनि सेयर बेचेर हिसाब मिलान गर्ने शर्तमा सेयर हस्तान्तरण गरिदिने गरेका छन ।

एक लगानिकर्ता भन्छन – ” नेपालको अहिलेको सेयर बजारमा सेयर कारोबारहरु ८० प्रतिशत हाराहारी उधारो चलेको बताईन्छ । त्यसैले यदी बीओ टु बीओ अनलाइन भएमा सेयर कारोबारमा उधारोमा चल्दैन , यदी त्यसो भएमा सेयर बजारमा अर्बको कारोबार अब करोडमा मात्रै सीमित हुनसक्छ । यसले सेयर कारोबारलाई ठूलै असर गर्न सक्छ । “

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here