18.5 C
Nepal
Tuesday, September 30, 2025

‘निक्षेप पूर्ण सुरक्षित छ, बैंकहरुसँग ढुक्कले कारोबार गर्नू’ – राष्ट्रबैंक

spot_imgspot_imgspot_img

बैंक डुब्ने स्थितीमा रहेको बजारमा हल्ला चल्न थालेपछी बचतकर्ताले आफ्नो निक्षेप निकाल्न थालेपछी बैंक तथा वित्तीय संस्था सवल र सक्षम रहेको भन्दै नेपाल राष्ट्रबैंकले बैंकहरुमा सर्वसाधारणको निक्षेप पूर्ण रुपमा सुरक्षित रहेको दाबीसहित ढुक्कसँग कारोबार गर्न आग्रह गरेको छ ।

केही ब्यक्ती / समूहले दिएको भ्रामक अभिब्यक्ती र दुष्प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै केन्द्रीय बैंकले विज्ञप्ति जारी गरेर बैंक तथा बित्तिय सङ्स्थाको राष्ट्र बैंकले नियमित निगरानी गरिरहेको जनाएको छ ।

‘बैंक तथा वित्तीय संस्थाहरूले सर्वसाधारणको निक्षेप परिचालन गर्ने हुँदा यस बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिँदा र निरीक्षण÷सुपरिवेक्षण गर्दा समेत सर्वसाधारणको निक्षेपको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेको हुन्छ । बैंक तथा वित्तीय संस्था सञ्चालनको पछिल्लो अवस्था हेर्दा समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको र यस बैंकले बैंक तथा वित्तीय संस्थाको कारोबारको नियमित निगरानी गरिरहेकोले सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित रहेको ब्यहोरा अनुरोध छ ।’ विज्ञप्तिमा भनिएको छ–‘बैंकिङजस्तो सम्वेदनशील क्षेत्रप्रति सर्वसाधारणलाई भ्रमित गर्न दुष्प्रचार गर्ने कार्यको पछाडि नलागी सम्बद्ध लगानीकर्ता, निक्षेपकर्ता, ग्राहक तथा सरोकारवालालाई ढुक्कसँग नियमित रूपमा बैंकिङ कारोबार गर्न नेपाल राष्ट्र बैंक हार्दिक अनुरोध गर्दछ ।’

राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरू अन्तर्राष्ट्रिय बैंकिङ सिद्धान्त तथा असल अभ्यासहरू समेतका आधारमा यस बैंकले दिएको निर्देशनको अधीनमा रही सञ्चालनमा रहने तथा ती संस्थामा यस बैंकबाट नियमित रूपमा निरीक्षण र सुपरिवेक्षण हुने गरेको उल्लेख गरिएको छ । पछिल्लो समयमा इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरूको पुँजीकोषको अवस्था, कर्जा निक्षेप अनुपातको अवस्था एवम् तरलताको अवस्थासम्बन्धी परिसूचकहरू यस बैंकको निर्देशनअनुरूप नै रहेको र कुनै बैंक तथा वित्तीय संस्थामा यी परिसूचकहरू तथा कर्जा, संस्थागत सुशासन लगायतका अन्य विषयमा कुनै समस्या देखिएमा समयसमयमा आवश्यक निर्देशन दिई सुधार गराउँदै आइरहेको छ , विज्ञप्तिमा भनिएको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here