18.5 C
Nepal
Tuesday, September 30, 2025

राष्ट्र बैंकले सातवटा बैंक-वित्त कम्पनीका सञ्चालक, अध्यक्ष र सीईओलाई कारबाही गर्‍यो

spot_imgspot_imgspot_img

नेपाल राष्ट्र बैंक, वित्तीय संस्था सुपरिवेक्षण विभागले ७ वटा वित्त कम्पनीका सञ्चालक, अध्यक्ष र कम्पनीका प्रमुख कार्यकारी अधिकृत सीईओहरुलाई कारबाही गरेको छ।

चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा यि कम्पनिले तोकिएको क्षेत्रमा कर्जा प्रवाह नगरेको, अनिवार्य नगद मौज्दात (सीआरआर) नगरेको, कर्जा र निक्षेप अनुपात (सीडी रेसियो) कायम नगरेकै भन्दै बैंक ऐन, २०५८ अनुसार नचल्ने यि कम्पनीहरूलाई राष्ट्र बैंकले कारबाही गरेको हो।

राष्ट्र बैंकले मुक्तिनाथ विकास बैंक, सप्तकोसी डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, प्रोग्रेसिभ फाइनान्स, गुडविल फाइनान्स र गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सलाई कारबाही गरेको हो ।

यी वित्त कम्पनीहरूले राष्ट्र बैंकबाट जारी भएको वा तोकिएको मापदण्ड निर्देशन बमोजिम वित्तीय कारोबार नगरेकोमा बैंकले सञ्चालक समिति, अध्यक्ष र सीईओलाई पहिलोपटक सचेत गराएको छ। फेरि, यस्तो गल्ती भेटिए नगदसहित ऐन बमोजिम कारबाही हुने समेत राष्ट्र बैंकले जनाएको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here