बचतकर्ताले एनआइसी एसिया बैंकबाट आफ्नो निक्षेप रकम निकाल्ने क्रम बढेको छ । बचतकर्ताले बिभिन्न हल्ला, अफबाह सुनिन थालेपछी साथै बैंक डुब्दैछ भन्ने जस्ता प्रचार हुन थालेपछी आत्तिएर एनआइसी एसिया बैंकबाट आफ्नो पैसा निकाल्न थालेका हुन । बैंकबाट एक महिनामै निक्षेपकर्ताले १४ अर्ब रुपैयाँ भन्दा बढी निक्षेप निकालेका छन्।
अन्य बाणिज्य बैंकको निक्षेप बढ्दा एनआइसीको भने घटेको छ । निक्षेपकर्ताले आफ्नो रकम असुरक्षित भएको महसुस गर्न थालेपछी अन्यत्र बैंकमा सार्न थालेका हुन ।
बित्तिय बिबरणहरुमा सबल देखिन्छ तर बिभिन्न हल्लाले गर्दा बचतकर्ताहरु अलमलमा परेको देखिन्छ । बिभिन्न माध्यमबाट बैंकले राष्ट्र बैंकको नियम नमानेको , राष्ट्र बैंकले कारबाही गर्ने भएपछी बैंकको एक उच्च अधिकारीले राजिनामा दिएको ,रास्ट्र बैंकमा गलत विवरण पेस गरेको, कर्जा प्रबाह गर्दा नियम उल्लङ्घन गरेको बिषय बाहिरिएको थियो । यस्ता बिषय बाहिरिएपछी निक्षेपकर्ताहरुले जे पनि हुन सक्ने भन्दै आफ्नो पैसा निकाल्न थालेको बुझिन्छ ।
त्यस्तै बैंकले ५० शाखा बन्द गर्न राष्ट्र बैंकमा निबेदन दिएको भनेर एकोहोरो प्रचार–प्रसार हुँदा निक्षेपकर्ता थप भ्रमित भई निक्षेप निकाल्न थालेपछि बैंकलाई अप्ठेरो अवस्था आएको हो।
बित्तिय विवरण हेर्दा डराइहाल्नुपर्ने देखिन्दैन तर निक्षेपकर्ताले यसरी नै निरन्तर पैसा निकाल्ने अथवा हल्लाको असरले एक्कासी धेरै निक्षेप निकाल्न निक्षेपकर्ताहरु बैंकमा गएमा बैंकले दिन सक्दैन र यदी त्यसो भएमा बैंकमा ठुलो सङ्कट आउन सक्ने देखिन्छ ।
यस बैंकको साउनमा ३११ अर्ब, भदौमा ३४७ अर्ब, असोजमा ३६४ अर्ब , कात्तिकमा ३७६ अर्ब, मंसिरमा ३८० अर्ब, पुसमा ३८१ अर्ब निक्षेप पुगेको थियो। तर, माघमा भने ३ खर्ब ६७ अर्ब ६८ करोड निक्षेप रहेको देखिन्छ । यसरी हेर्दा पुषसम्म यस बैंकमा बचत गर्ने बढीरहेका थिए तर माघमा भने निक्षेप राख्ने भन्दा पनि पहिले आफुले राखेको निक्षेप निकाल्न थालेको देखिन्छ ।
निक्षेपकर्ताले एक महिनामै १४ अर्ब रुपैयाँ भन्दा बढी निक्षेप निकालेका छन्।
चालू आवको ७ महिने अवधिमा पहिलो पटक एनआईसी एसियाको निक्षेप यती धेरै घटेको हो ।